काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २६६ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (आइतबार) ४ सय संक्रमित निकाे भएका छन् भने थप ५ जनाकाे मृत्यु भएकाे छ । यस्तै आज क्वारेन्टिनमा २२१ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ३ हजार ९१९ रहेकाे छ ।
आजकाे थप अपडेटसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६१ हजार ४४४ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ९५९ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : आइतबार, माघ ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्