सरकारले उपलब्ध गराउने पुनर कर्जावाट बन्चित हुनु परेको कोरोनाका कारण पीडित पर्यटन व्यवसायीको गुनासो

सरकारले उपलब्ध गराउने पुनर कर्जावाट बन्चित हुनु परेको कोरोनाका कारण पीडित पर्यटन व्यवसायीको गुनासो

बुटवल

होटल तथा पर्यटन व्यवसायीका समस्या र समाधानका विषयमा बुटवलमा सरोकारवाला निकायका प्रतिनिधिहरुसंग छलफल गरिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजना,, नेपाल पर्यटन बोर्ड लुम्बिनी प्रदेशका प्रमुख, नाटाका लुम्बिनी प्रदेश अध्यक्ष र पर्यटन व्यवसायीहरुको सहभागितामा मंगलबार बुटवलमा छलफल भएको हो ।

सोही छलफल तथा अन्तरक्रियामा बोल्ने होटल तथा पर्यटन व्यवसायीले कोरोनाका कारण पीडित भएका व्यवसायीलाई सरकारले उपलब्ध गराउने भनेकोे पुनर कर्जाबाट बन्चित हुनु परेको गुनासो गरेका छन् । पहुंचमा रहेकाले मात्र सरकारी सेवासुविधा ल्याएको र सर्वसाधारण स्वरोजगार व्यवसायीको पहुंच नहुंदा बन्चित हुनुपरेको गुनासो गरको थिए । कोराना भाइरसका कारण पर्यटन व्यवसायीले घरवाहल र बैंकको व्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको बताएका थिए । पर्यटन व्यवसायी राज्यको पहुंचमा नभएको गुनासो गर्दै आन्तरिक पर्यटन प्रवद्र्वन र विकासका लागि गम्भिर बन्न राज्यसंग माग गरेका छन । राज्य सकरात्मक भएमा होटल तथा पर्यटन व्यवसायीका समस्या निराकरण हुनै बताउंदै उनीहरुले उज्यालो शहरको रुपमा विकास गर्न माग गरेका छन ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका लुम्बिनी प्रदेशका प्रमुख लिलाबहादुर बानियाले आन्तरिक रुपमा पर्यटनलाई व्यवस्थापन गर्न सकिएमा राज्यलाई फाइदा हुने र पर्यटन व्यवसायीको व्यवसायमा सुधार आउने बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्रको विकासका लागि विकेन्द्रिकण हुनुपर्ने र पर्यटन प्रवद्र्वनमा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो ।

उहांले यस क्षेत्रको पर्यटनलाई विकास र व्यवस्थितका लागि आगामी असोजदेखि नेपाल पर्यटन बोर्डको लुम्बिनी प्रदेश कार्यालय स्थापना गरिने जानकारी गराउनुभयो ।

संस्कृति तथा पर्यटन मन्त्रालयमा रहेको ३० करोड वजेट यसै क्षेत्रको पर्यटनको विकासका लागि ल्याउनका लागि पहल भैरहेकोसमेत उहाँले जानकारी गराउनुभयो ।

नाटाका लुम्बिनी प्रदेश अध्यक्ष सागर अधिकारीले पर्यटन व्यवसायीका समस्याप्रति राज्यसंग पहल गरेर व्यवसायीलाई सेवासुविधा उपलब्ध गराउने प्रतिवद्वता जनाउनुभयो ।

कोरोनाका कारण नेपाल– भारतको सीमा पूर्णरुपमा सुचारु नहुदाँ पर्यटन व्यवसायी मारमा परेको बताउंदै आन्तरिक पर्यटनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले रुपन्देहीमा आउने आन्तरिक र बाह्य पर्यटकलाई बसाल्न सक्ने गरी व्यवसायलाई स्तरवृद्धिगर्न माग गर्नु भयोे ।

होटल तथा रेष्टेरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष समुन्द्र जिसीले पर्यटन व्यवसाय सेवामूलक व्यवसाय भएकाले रातिमा पनि व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने बताउनुभयो । कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, प्रदेश सदस्य रामप्रसाद गौतम, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, प्रथम उपाध्यक्ष बावुराम गौतम द्वितिय उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव माधवकुमार खनाल, सचिव मोहन पाण्डे, खुमानन्द गिरी प्रस सल्लाहकार यमलाल भुसाल लगायतले पर्यटन व्यवसायीको संरक्षण र लगानी सुरक्षाका लागि सरकारले आन्तरिक पर्यटक विस्तार गर्ने योजना ल्याउन माग गर्नु भयो ।

प्रकाशित मिति : मंगलबार, माघ ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij