कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ४ का स्वर्गिय अ.न.मी. बिष्णुकला थापाको परिवारले स्वर्गिय थापाको बार्षिक पुण्यतिथीमा स्थानिय हिमालय आधारभूत विधालयमा १ लाख रुपैया बराबरको अक्षयकोष स्थापनार्थ गत सोमवार सहयोग हस्तान्तरण गरेका छन।
बिपन्न,गरिव,असाहय र जेहेन्दार विधार्थीहरुका लागि हरेक बर्ष छात्रबृत्ति प्रदान गर्ने उद्धेश्यका साथ स्वर्गिय थापाका श्रीमान नर बहादुर थापा,छोरा शिव कुमार थापा,निरु थापा,छोरी पुजा थापा र बहिनी सुमित्रा बुढाथोकीले बार्षिक पुण्यतिथि पारेर विधालयलाई एक थान स्टील कुर्ची सहित सो रकम हस्तान्तरण गरेका हुन ।
सहयोग हस्तान्तरण गर्दै नर बहादुर थापाले मेरी धर्मपत्नी बिष्णुकला थापाले आफ्नो जिवन मानव स्वास्थ्य सेवामा बिताएको र उनको मानविय सेवाबाट प्रभावित भई आफुले पनि सामाजिक सेवामा क्रियाशिल हुन उत्प्रेरण मिलेको बताउनु भयो । वास्तवमा समाजका महत्वपुर्ण व्यक्तिहरुको शेषपछि नयां पुस्तामा समेत उनिहरुको योगदानको स्मरण गराउदै जान पनि स्मरणयोग्य कार्य गर्नु पर्ने सोंचका साथ स्थानिय विधालयमा आफ्नो धर्मपत्नी विष्णुकला थापा र हिमालय आधारभूत विधालयका संस्थापक तथा संस्थापक व्यबस्थापन समितिका अध्यक्ष समेत रही बिधालयको भौतिक र शैक्षिक विकासका लागि महत्वपुर्ण योगदान दिनु भएका स्वर्गिय तिर्थ बहादुर थापाको स्मृतिमा अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गरेको बताउदै नर बहादुर थापाले उक्त अक्षयकोषबाट बार्षिक रुपमा बिपन्न,गरिव,असाहय परिवारका छोराछोरी र जेहेन्दार विधार्थीहरुका लागि छात्रबृत्ति प्रदान गरी आर्थिक अभावका कारण पढ्नबाट बञ्चित हुन परेका विधार्थीहरुलाई थोरै भएपनि राहत मिल्ने बिश्वास ब्यक्त गर्नु भएको थियो ।
यस्तै बिधालयका प्रधानाध्यापक रविन्द्र सुबेदीले स्वर्गिय विष्णुकला थापा र विधालयका संस्थापक अध्यक्ष तिर्थ बहादुर थापाले विधालयको शैक्षिक र भौतिक बिकासका लागि गरेको योगदान स्मरणयोग्य रहेको र निजहरुको शेष पछि वहाँहरुको परिवारले निजहरुको स्मृतिमा स्थापना गरिने अक्षयकोषले बिपन्न,असाहय र जेहेन्दार विधार्थीहरुका लागि ठूलो राहत मिल्ने बिश्वास ब्यक्त गर्दै धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
यसैगरी स्वर्गिय अ.न.मी. विष्णुकला थापाको स्मृतिमा थापाले कार्य गर्न भएको रुद्रपुर स्वास्थ्यचौकीमा पनि स्वर्गिय थापाको परिवारले दुई थान स्टिल कुर्ची प्रदान गरेका छन।रुद्रपुर स्वास्थ्यचौकीमा करिब ३० बर्ष ग्रामिण स्वास्थ्य कर्मीको रुपमा कार्य गर्दै अ.न.मी. पदमा निबित्त हुनु भएका विष्णुकला थापाको बार्षिक पुण्यतिथिको अवसरमा गत सोमवार सो कुर्ची हस्तान्तरण गरिएको हो ।
स्वर्गिय बिष्णुकला थापाको बार्षिक पुण्यतिथिमा कुर्ची ग्रहण गर्दै कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा रुद्रपुर स्वास्थ्यचौकी व्यबस्थापन समितिका अध्यक्ष दुर्गासिंह क्षेत्रीले स्वर्गिय विष्णुकला थापाले आफु जिवित रहदा जिवनभर स्वास्थ्य सेवामा निरन्तर लाग्नु भएको र निजको शेष पछि पनि वहाँको सम्झना स्वरुप स्वर्गिय थापाको परिवारले मानव सेवालाई निरन्तरता दिएको प्रति धन्यवाद दिनु भएको थियो । वडा अध्यक्ष क्षेत्रीले बढी सेवाग्राहीहरुले सेवा लिने स्वास्थयचौकी जस्तो महत्वपुर्ण ठाउमा सेवाग्राहीहरुकै बिश्रामका लागि नर बहादुर थापाको परिवारले उपलब्ध गराएको सहयोग मुल्यवान रहेको बताउनु भएको थियो ।
कार्यक्रममा तत्कालिन रुद्रपुर गा.बि.स.का उपाध्यक्ष तथा रुद्रपुर स्वास्थ्यचौकी व्यबस्थापन समितिका पुर्व अध्यक्ष दिनानाथ आचार्यले स्वर्गिय बिष्णुकला थापाको स्वास्थ्यचौकीमा पुर्याएको योगदानको स्मरण गर्दै वहाँमा रहेको सेवाग्राहीहरुसंगको मितब्ययी र मिलनसार व्यबहारले स्वर्गिय बिष्णुकला थापालाई सदैव स्मरण गरिहिने बताउनु भएको थियो ।
कार्यक्रममा रुद्रपुर स्वास्थ्यचौकीका इन्चार्ज विमला पाण्डे,महिला स्वास्थ्य सेविका संघ लुम्बिनी प्रदेश सदस्य सुमित्रा बुढाथोकी लगायतले स्वर्गिय बिष्णुकला थापाको योगदानको स्मरण गर्नु भएको थियो ।
प्रकाशित मिति : बिहिबार, माघ ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्