मेची महाकाली बुहारी संयुक्त आवाज नवलपरासीमा जिल्ला शाखा बिस्तार

मेची महाकाली बुहारी संयुक्त आवाज नवलपरासीमा जिल्ला शाखा बिस्तार

 

 

बुटवल

पूर्व मेची देखि पश्चिम महाकाली सम्मका महिला तथा बालबालिका माथी हुने विभिन्न हिंशा तथा विभेदका बिरुद्ध आवाज उठाउदै आएको संस्था मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश को नवलपरासीमा शुक्रबार लक्ष्मी भुषालको संयोजत्वमा १७ सदस्यीय जिल्ला शाखा कमिटी चयन गरिको छ । जसको सहसंयोक सुनिता श्रेष्ठ ,जमुना परियार,सचिब सीता भण्डारी,सह सचिब मन कुमारी चौधरी ,कोषाध्यक्ष शान्ती लुइटेल, सह कोषाध्यक्ष दुर्गा ढकाल सदस्यहरुमा श्रीकला ज्ञवाली ,बिष्णु अर्याल,समिता बलाल सिंजापति,रीना गौचन ,सबिता कंडेल ,गीता लम्साल, मन्जु चौधरी ,सुनिता देवकोटा,मधु जिसी ,अनामिका हरिजन लगाएत रहनुभएको छ ।

मेची महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काले समाजमा हुने सबैखाले विभेदका विरुद्ध पूर्वमेची देखि पश्चिम महाकाली सम्मका महिलाहरुको सक्रियतामा संस्थाको स्थापना भएको बताउनु भयो । उहांले भन्नु भयो “समाजमा हुने लैङ्गिक हिंशा बिरुद्ध आफनो घर बाटै आवाज उठाउनु पर्छ ।घरधन्दामा सिमित हुने महिलाहरु अवसर पाउने हो भने घर संगै समाज परिवर्तनका संवाहक बन्न सक्छन् ।”

कार्यक्रममा संबिधान सभा सदस्य तथा नेकपा नेतृ सिता देवी बौडेलले “महिलाहरु संगठित भएर आफनो हक, अधिकारका लागि जुट्नु पर्ने कुरामा जोड दिनु भयो । पुरुष प्रधान समाज भएकाले समाजको जुनसुकै क्षेत्रमा पनि महिला नेतृत्व स्विकार गर्न नसकेको गुनासो गर्नु भयो ।देशमा राजनितिक परिवर्तन भए पनि हानिकारक सामाजिक मुल्य मान्यताका कारण महिला ,दलित,बालबालिका तथा मधेशी सिमान्तकृत वर्गको दिनचर्यामा परिवर्तन हुन नसकेको अबस्थामा महिलाहरु संगठित भई कुनै पनि पार्टी भन्दा माथी रहेर पिडितको पक्षमा आवाज उठाउन आबश्यक रहेको बताउनु भयो ।लैङ्गिक हिंशा रहित समाज निमार्णका लागि सरकारका तिनै तह,क्रियाशिल बिभिन्न संघ संस्था र राजनीतिक दलको नेतृत्व गरिरहेका सबैले समानता र न्यायका पक्षमा चासो र प्रतिबद्धता जनाउनु पर्ने कुरामा जोड दिनु भयो ।”

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य गिता थापाले “जव सम्म महिलाहरुलाई आर्थिक, शैक्षिक र मनावैज्ञानिकरुपमा सक्षम बनाउन सकिदैन तब सम्म समाजमा यो वा त्यो बाहानामा महिलाहरुले विभेद खेपीरहनु पर्ने बताउनु भयो । हिजोको दिनबाट पाठ सिकेर आजै बाट छोरी चेलीहरुको चौतर्फी विकासका लागि संस्थाले महत्वपुर्ण भुमिका खेल्नेमा आफु बिश्वस्त रहेको बताउनु भयो । ”

त्यसै गरि समुन्नत महिला संघ की  केन्द्रिय उपाध्यक्ष कमला तिवारीले “महिला मुक्तिका चर्का नारा लगाए पनि व्यबहारमा परिवर्तन अझै हुन नसकेको गुनासो गर्नुभयो । पछिल्लो पटक बालिका तथा महिलाहरु माथी हुने यौन जन्य अपराधका घटनाका दाषिले उन्मुत्ति पाएको र पिडितले न्याय नपाएको भन्दै सरकार गैरजिम्बेबार भएको आरोप लगाउनु भयो ।”

लैंगिक हिशा अन्त्यका लागि महिलाहरुलाई उत्पादनमुलक र आयमुलक क्षेत्रमा क्रियाशिल बनाउन आफुहरु संगठित भएको नवगठित जिल्ला संयोजक लक्ष्मी भुषालले बताउनु भयो । कार्यक्रमको सहजीकरण संयोजक भुषालले गर्नुभएको संस्थाका सचिब सीता भण्डारीले जानकारी दिनुभयो ।

 

 

 

प्रकाशित मिति : शनिबार, माघ १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij