बाग्लुङ ।
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई बागलुङबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङको टोलीले शनिबार उनीहरूलाई बागलुङ नगरपालिका–७ गैरागाउँबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–३ का ५३ वर्षीय बाबुलाल शाक्य र पश्चिम रुकुम सानोभेरी गाउँपालिका–३ का कमानसिंह क्षेत्री रहेको प्रहरीले जनाएको छ । शाक्य म्याग्दी जिल्लाका पूर्वसेक्रेटरी हुन् भने क्षेत्री बागलुङका पूर्वइन्चार्ज हुन् ।
प्रकाशित मिति : आइतबार, माघ ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्