दलित पत्रकार संघको राष्ट्रिय सम्मेलन बुटवलमा हुने, तयारी शुरु

दलित पत्रकार संघको राष्ट्रिय सम्मेलन बुटवलमा हुने, तयारी शुरु

वुटवल – राष्ट्रिय दलित पत्रकार संघ, नेपालको आगामि फागुन २१ र २२ गते हुुने राष्ट्रिय सम्मेलनको तयारी शुरु भएको छ । केन्द्रीय समितिको बैठकको निर्णय अनुसार गठित सम्मेलन व्यवस्थापन समितिको बैठकले सम्मेलनलाई सफल बनाउनका लागि तयारी शुरु गरेको हो । आईतबार बुटवलमा बसेको बैठकले व्यवस्थापन समितिमा सदस्य विस्तार गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीको प्रमुुख आतिथ्यतामा सम्पन्न भएको बैठकले बुुटवलमा हुने सम्मेलनलाई पत्रकारिता र दलित आन्दोलनको ऐतिहासिक अवसरका रुपमा सफल बनाउने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पहाडीले प्रथम राष्ट्रिय सम्मेलन ऐतिहासिक नगरी बुटवलमा गर्ने निर्णय भएकाले यसलाई पत्रकारिता र दलित आन्दोलनले अपनत्व हुने गरि अघि बढ्ने प्रतिबद्धता जनाए । उनले सम्मेलन सफल बनाउन प्रदेश, जिल्ला समिति, पत्रकार, स्थानीय, प्रदेश र संघीय सरकार एंव सामाजिक संघसंस्थाहरुलाई सहयोगका लागि अपिल गरे । सम्मेलनका अवसरमा देशभरबाट करिव २ सय प्रतिनिधिहरु बुटवलमा भेला हुने केन्द्रीय सदस्य विनोद परियारले जानकारी दिए ।

संघका रुपन्देही शाखा अध्यक्ष टंक सुनारको अध्यक्षतामा बसेको बैठकमा संघका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार, सचिव सञ्जय सौगात, संघका रुपन्देही उपाध्यक्ष शसि सिंह परियार, कोषाध्यक्ष कृष्ण रणपाल, प्रदेश सदस्य फूलू सुनारको उपस्थिती थियो ।

प्रकाशित मिति : आइतबार, माघ ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij