सैनामैना
सैनामैना दलित उत्थान समिती सैनामैनाको पहलमा आर्थिक अबस्था कमजोर भएकी सैनामैना १० पानबारी की पवि बिक लाई खाद्यन्न,न्यानो कपडा तथा आर्थिक सहयोग गरेको छ । गरिबीका कारण कसैको नाना, पापा र छाना नखोसियोस साथै पिडामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्य अनुशार खाद्यन्न,न्यानो कपडा तथा आर्थिक सहयोग गरेको संस्थाका महासचिब सन्तोष परियारले बताउनु भयो ।
पविलाई दैनिकी गुर्जान सहज होस भनेर सैनामैना दलित उत्थान समिति अन्तर्गत गठन गरिएका वडा शाखा कमिटिका पदाधिकारीहरुको सकृयतामा संकलन गरिएको खाद्यान्न,नगद र सैनामैनाको बासगढीमा रहेको ओसिन निर्माण सेवा कम्पनिबाट सौजन्य गरिएको खाद्यन्न सहितको न्यानो कपडालाई एक कार्यक्रमका बिच मगंलबार सहयोग प्रदान गरिएको हो ।
सैनामैना दलित उत्थान समितिका अध्यक्ष सुरज बरालको नेत्तृत्वमा सबै वडाका शाखा कमिटिका पदाधिकारीहरुको सहभागितामा सहयोग प्रदान गरिएको हो । जस अन्तर्गत १४० केजी चामल, १८ केजी दाल, १० लिटर तेल, ७ केजी नुन, १ केजी चिनी, १ पोका चियापत्ति, आलु लगायत खाद्यान्न सामाग्रि र नगद प्रदान गरिएको छ । यस्तै समाजसेवी सरोज साक्य, नारायण पोखरेल र गोपाल खनालले ओसिन निर्माण सेवा कम्पनिको तर्फबाट खाद्यान्न तथा सिरक डसना, सिरानी , तन्ना सहयोग गर्नुभएको छ ।
सो सहयोग राहात सामाग्रि हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष सुरज बरालले संस्थाका पदाधिकारीहरुको सकृयतामा राहात संकलन गरि हस्तान्तण गरिएको बताउनुभयो । उहाले बृद्धा पवि बिकको जिबन सहज व्यबस्थापनका लागी सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने बताउनुभयो । दलित समुदायमा हुने यस्ता विभिन्न समस्याहरुमा संस्थाले काम गर्ने उहाको भनाई छ ।
सो अबशरमा वडा नं. १० का जनप्रतिनिधी हरि रुचालले आफुहरुले उहाको यस्तो स्थिति बारेमा जानकारी नपाएको भन्दै अब सहयोगका लागि वडाबाट काम गर्ने बताउनुभयो ।
राहात बितरण कार्यक्रम संस्थाका महासचिब सन्तोष परियारको संचालनमा भएको हो । मंगलबार नै पवि विकको घरलाइ संस्थाकै पहलमा मर्मत समेत गरिएको छ । सैनामैना दलित उत्थान समिति १० नं. वडा शाखा कमिटिका पदाधिकारीहरुले उहाको घरलाइ टिनको व्यबस्था गरि बस्न सहज बनाइएको वडा कमिटि सचिब उमा बमरेलले बताउनुभयो ।
प्रकाशित मिति : मंगलबार, माघ १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्