पश्चिम नवलपरासीमा २ वटा गाडी सहित ४४ लाख  मूल्य बराबरको अवैध मालसामान बरामद

पश्चिम नवलपरासीमा २ वटा गाडी सहित ४४ लाख  मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जिल्लाको बिभिन्न स्थानबाट अवैध कारोबारमा संलग्न २ वटा चार पांङग्रे गाडी सहित ४४ लाख ६५ हजार ५ सय ८४ मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आज  बर्दघाट नगरपालिका वडा नम्बर ४ बाढीपिडित स्थित भित्री सडक खण्डमा पार्किङ गरी राखेको लु.अ.अ.मा. ९२३१ नम्बरको अनटेस्ट कारलाई चेक जांच गर्दा उक्त गाडी भित्र भारतबाट भन्सार छलि अवैध रुपमा ल्याएको मारोटी , डेटाइम रनिंग ल्याम्प , ग्रिप ब्लाक स्टेरिंग स्विफट , हुइल र्आच वाइ वन के लगायतका मोटर पार्टस फेला पारी गाडी सहित ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उक्त मोटर पार्टस  सामानको  मुल्य करीब  ८४ हजार ६ सय ५० र  अनटेस्ट गाडीको  अन्दाजी मुल्य ३० लाख गरी कुल  ३० लाख ८४ हजार ६ सय ५० मुल्य बराबर रहेको प्रहरीले जनाएको  छ । बरामद सामान र गाडी आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलील भारतबाट भन्सार छली अवैध रुपमा लु १ ज ४२७९ नम्बरको पिकअपमा राखि ल्याउदै गरेको १०४ प्याकेटमा ४१६ पिस टायल सरावल गाउँपालिका वडा नं. ७ मोजरैया बाट गाडी र  गाडी चालक सहित नियन्त्रणमा लिएको छ  । उक्त टायलको मुल्य १ लाख २४ हजार ८ सय र पिकअप गाडीको अन्दाजी मुल्य ९ लाख गरी १० लाख २४ हजार ८ सय मुल्य बराबर रहेको प्रहरीले जनाएको  छ । बरामद टायल,गाडी र गाडी चालकलाई आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो ।


त्यसैगरी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले  भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको २ लाख २७ हजार ४ सय ३४ मुल्य बराबरको थान कपडा, धनियाको बिउ, गरम मसला लगायतका मालसामान बर्दघाट नगरपालिका वडा नं. ७ ज्यामिरेभार बाट बरामद गरेको जनाएको छ ।त्यसैगरी सिमा प्रहरी चौकी महेशपुरबाट  खटिएको प्रहरी टोलीलेभारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी १ लाख ९ हजार १ सय मुल्य बराबरको जेसिबीका बिभिन्न पार्टपुर्जा, थाल,  ढोकाको कब्जा , चिनी, सुर्ती लगायतका मालसामान सरावल गाउँपालिका वडा नम्बर  ७ बुलन्दपुर बाट बरामद गरेको छ ।     त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १९ हजार ६ सय मुल्य बराबरको ४९ गोटा (९८ केजी) जिउदो बोईलर कुखुरा रामग्राम नगरपालिका वडा नं. १६ हकुई बाट  बरामद गरेको जनाएको छ ।  बरामद भएको कुखुरा आजै आवश्यक कारवाहीको लागि महेशपुर पशु क्वारेन्टाईनमा बुझाईएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो ।

प्रकाशित मिति : मंगलबार, माघ १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij