रुपन्देहीको सियारी गाउँपालिकामा खर तथा फुसका छाना विस्थापित गरिने

रुपन्देहीको सियारी गाउँपालिकामा खर तथा फुसका छाना विस्थापित गरिने

 

रुपन्देही-रुपन्देहीको सियारी गाउँपालिकामा खर, पराल तथा फुसका छाना भएका घर विस्थापित गरी टिनको छाना भएको घर बनाईने भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालू आवमा विपन्न परिवारका खर, पराल तथा फुसको छाना भएका घरमा जस्तापाता लगाइने भएको हो ।
यस कार्यक्रमले गरिबीका कारण चुहिने छाना मुनि बस्न बाध्य पालिकावासीहरूले राहत पाउने भएका हुन् । खरको छानामा आगालागीका घटनाहरु हुने भएकाले खरको छाना फेर्ने कार्यक्रम शुरु गरिएको सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । उहाँले भन्नु भयो —“यो कार्यक्रम शहरी विकास मन्त्रालय र सियारी गाउँपालिकाको सहकार्यमा काम हुने छ, हामीले गत वर्ष सियारी अवास निर्माण कार्यक्रम अन्तर्गत ११ वटा भवन निर्माण गरि गाउँपालिकाका विपन्न ११ वटा परिवारलाई घर हस्तान्तरण गरेका थियौं ।”
विपन्न परिवारको खरको छाना फालेर टिनका छाना लगाउने काम यस वर्षभित्र गर्नेगरी स्थलगत अनुगमन शुरु गरिएको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत यस आर्थिक वर्षमा विपन्न २४२ घरपरिवारले प्रति परिवार ५० हजारका जस्तापाता र पाईप पाउनेछन् । यस्तै घरवास नभएकाहरुलाई यस वर्ष मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत ४, संघिय तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ८ र सियारी आवास कार्यक्रमअन्तर्गत ४ गरि १६ वट घर निर्माणगरी हस्तान्त्रण गर्ने योजना रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
यस्तै सुरक्षित नागरिक आवास कार्यक्रमको आज सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङको नेतृत्वामा स्थलगत अनुगमन गरेको छ । गाउँपालिकाको वडा नं. ५ र ६ मा रहेका खरका छाना भएका घरको अनुगमन गरिएको हो । वडा नं. ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेल, वडा नं. ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङ, कार्यपालिका सदस्यहरु देवकी खरेल, विष्णु कुमारी रायमाझी, गाउँपालिकाका ना.सु शेषनारायण अर्याल लगाएतको टोलिले खर तथा फुसका छाना भएका घरको अनुगमन गर्नु भएको हो ।

प्रकाशित मिति : बुधबार, माघ १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij