JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीको सियारी गाउँपालिकामा गाईपालन गर्ने किसानलाई प्रोत्सहन

रुपन्देहीको सियारी गाउँपालिकामा गाईपालन गर्ने किसानलाई प्रोत्सहन

 

सियारी- रुपन्देहीको सियारी गाउँपालिकाले गाईपालन गर्ने किसानलाई प्रोत्सहन गरिरहेको छ । गोठ सुधार तथा बाच्छी हुर्काउँने कार्यक्रम गरेर किसानलाई आत्मार्निभर बनाउन गाउँपालिकाले विभिन्न खालका कार्यक्रम गरिरहेको छ । गाई उत्पादन तथा दुधमा पालिकालाई आत्मानिर्भर बनाउन गाउँपालिकाले नीति नै बनाएर कार्यक्रम गरिरहेको छ । यस कार्यक्रमले किसान र गाउँपालिकालाई गाई उत्पादन र दुधमा आत्मार्निभर बनाउन सहयोग मिल्ने गाउँपालिकाले अपेक्षा लिएको छ । लुम्बिनी प्रदेशको स्मार्ट कृषि गाउँ कार्यक्रम २०७५÷७६ मा लागु भए देखि अहिले सम्म किसानलाई फाइदा पुग्ने गरि कार्यक्रम गरिरहेको गाउँपालिकाले जनाएको छ । अहिले सम्म गाउँपालिकाले गाई हुर्काउनका लागि नयाँ प्रविधि अपनाएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । उहाँले भन्नुभयो —“हामीले नयाँ प्रविधिबाट अहिले स्वाच्छ दुध उत्पादनका लागि मिल्किंग मेसिनको प्रयोगबाट दुध दुहुने कार्य, जनावरलाई सहज बसाईको लागि काउम्याटको प्रयोग, सिंचाईको लागि पम्पसेटको ब्यवस्था, गाईलाई खुवाउने कुरा, सरसफाईका लागि क्लिनरको प्रयोग जस्ता कार्यलाई जोड दिएका छौं, त्यसका लागि विभिन्न यन्त्रहरु वितरण गरेका छौं र किसानहरुका गोठ सुधार गरेका छौं ।” यस कार्यक्रमले कृषकहरुलाई व्यवासयी बनाउन मद्दत पुग्ने उहाँको भनाई छ । यस कार्यक्रम गर्नका लागि लुम्बिनी प्रदेशका संसद तुल्सी प्रसाद चौधरीको सहयोग रहेको उहाँको भनाई छ । गाईपालन गर्ने किसानका लागि अहिले सम्म १२ वटा साना सिचाँई निर्माण गरिएको, २० ओटा पानी खुवाउने मोटर वितरण, ७ वटा साईलो पिट निर्माण, मिल्ंिकग मेसिन १२ वटा वितरण, काउम्याट ४२, प्रेसर पम्प १० ओटा वितरण गरिएको र गाउँपालिकामा कृषि सुचना केन्द्र स्थापना लगाएतका काम गरिएको गाउँपालकाका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टाराईले जानकारी दिनु भयो । यस वर्ष किसानहरुका गोठ सुधार, घाँस विस्तार, दुध प्रसोधन तथा विविधिकरणका लागि प्रसोधन केन्द्र स्थापना, गुणस्तरीय दुध उत्पादन अभियान, विभिन्न आधुनिक यन्त्र वितरण, भेटेरीनरी सहयोग, बाच्छा—बाच्छी हुर्काउने कार्यक्रम, गोठ सरसफाई कार्यक्रम तथा बजारीकरण लगाएतका कार्य गरिने तथा अन्य कार्यक्रमलाई पनि निरन्तरता दिईने उहाँले बताउनु भयो । स्मार्ट कृषि कार्यक्रमका लागि आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश सरकारको ५० लाख, गाउँपालिकाको १० लाख र किसानहरुको लागत सहभागिता ११ लाख १९ हजारमा कार्यक्रम गरिएको आर्थिक विकास शाखा प्रमुख गणेश खनालले बताउनु भयो । यस्तै आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकारको ३० लाख, गाउँपालिकाको ८ लाख ४० हजार र कृषकहरुको लागत सहभगीता २८ लाख ३० हजार गरि जम्मा ६६ लाख ७० हजार रहेको उहाँले बताउनु भयो । गाउँपालिकाको यस कार्यक्रम वडा नं. २ र ३ मा लागु गरेएको छ र यस कार्यक्रम विस्तारै गाउँपालिकाको अन्य वडामा पनि लागु गरिने उहाँको भनाई छ । प्रदेश सरकार तथा गाउँपालिकाले संचालन गरेका यस खालका कार्यक्रमले किसानहरु लाई गाईपालनमा सहज भएको कृषक तथा स्मार्ट कृषि कार्यक्रम कार्यान्वयन समितिका संयोजक सुवास कुर्मी बताउनु हुन्छ । यस कार्यक्रमले किसानहरु नाफा कमाउन सफल भएका र कृषकहरु उत्साहित भएको उहाँको भनाई छ । स्मार्ट कृषि कार्यक्रम अन्तर्गत गाईपालनका लागि गाउँपालिकामा १९८ कृषक छनौट भई गाई पालन गरिरहेका छन् । गत आर्थिक वर्ष २०७५÷७६ मा कृर्षिज्ञान केन्द्रले प्राविधिक सहयोग तथा अनुगमन गरेको थियो । यस आर्थिक वर्ष २०७७÷७८मा भेटेरेनरी अस्पताल तथा पशु सेवा विकास केन्द्र भैरहवाको प्राविधिक सहयोग रहने छ । यस्तै गाउँपालिकाले बाच्छी हुर्काउने कार्यक्रम गरिरहेको छ । दुध र गाई उत्पादनमा गाउँपालिकालाई आत्मानिर्भर बनाउन यो कार्यक्रमले सहयोग मिल्ने गाउँपालिका अध्यक्ष अयोध्या थारु बताउनु हुन्छ । उहाँले भन्नुभयो — “यस कार्यक्रमका लागि बाच्छी राम्रो संग हुर्काएको पाइएमा १० महिना पछि किसानलाई १० हजार रकम दिने गरेको छौं र बाच्छी जन्मीने वित्तीकै बाच्छीको जन्मदर्ता गरिदिने गरेका छौं, छ महिना पाले पछि बाच्छीको विमा पनि गरिदिने गरेका छौं र औषधी उपचार निःशुल्क गरिदिने गरेका छौं । यस कार्यक्रमका लागि गाउँपालिकाले किसानको गोठमा गै प्राविधिक सेवा दिई रहेका छौ ।”

प्रकाशित मिति : शुक्रबार, माघ १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij