चीनले दिने भयो ५ लाख डोज खोप

चीनले दिने भयो ५ लाख डोज खोप

काठमाडाैँ – चीनले नेपाललाई कम्तीमा पनि ५ लाख डोज काेभिड-१९ विरुद्धको खोप दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यीबीच शुक्रबार साँझ भएको टेलिफोन वार्तामा यस्तो समझदारी बनेको हो ।

फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले चीन सरकारले नेपाललाई काेभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि पाँच लाख डोज खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

यसअघि नेपालका लागी चिनियाँ राजदूत होउ यान्छीले तीन लाख डोज खोप उपलब्ध गराउने बताएकी थिइन् । दुई नेताबीचको फोन वार्तामा नेपालको पछिल्लो राजनैतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

परराष्ट्रमन्त्रीले खोप उपलव्ध गराउने भएकोमा चिनियाँ समकक्षीलाई धन्यवाद दिए । नेपालले चीनमा उत्पादित भ्याक्सिन प्रयोगका लागि अनुमति दिइसकेको छैन ।

प्रकाशित मिति : शनिबार, माघ २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij