भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गरिने

भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गरिने

काठमाण्डाै – सरकारले भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गर्ने भएको छ ।

दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँकाअनुसार काठमाण्डौको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने छ ।

प्रवक्ता गौतमकाअनुसार सिभिल अस्पतालमा पत्रकारलाई, पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई, शिक्षण अस्पताल महाराजगञ्ज र बाँसबारीमा रहेको सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति र विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ  ।

उनीहरूलाई भोलिदेखि शुक्रवारसम्म खोप लगाइसक्ने मन्त्रालयको तयारी छ । खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र अनिवार्य गरिएको छ ।

खोपका लागि पहिलो चरणको जस्तो अनलाइनमार्फत सूचीकृत हुन भने नपर्ने मन्त्रालयले जनाएको छ । यसबाहेक अरु समूहका व्यक्तिलाई पनि खोप लगाउनेबारे आज छलफल गरेर निर्णय गर्ने तयारी भइरहेको प्रवक्ता गौतमको भनाइ छ ।

गएको माघ ४ गतेदेखि सुरु भएको पहिलो चरणको खोप अभियानमा १ लाख ८४ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् । सबैभन्दा धेरै खोप वाग्मती प्रदेशमा ६३ हजार ३ सय ८ जनालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

भारतले अनुदानस्वरुप उपलब्ध गराएको १० लाख डोजअन्तर्गत खोप अभियान सुरु भएको हो ।

प्रकाशित मिति : आइतबार, माघ २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij