काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप एक सय १९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७१ हजार नौ सय २५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६० जना निको भएसँगै काेराेना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ६८ हजार ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर आइसाेलेशनमा रहनेकाे सङ्ख्या एक हजार आठ सय १५ रहेकाे छ । मन्त्रालयका अनुसार अहिलेसम्म २० लाख ९३ हजार चार सय १७ जनाकाे पीसीआर परीक्षण भएकाे छ ।
प्रकाशित मिति : आइतबार, माघ २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्