सैनामैना
जनप्रिय स्पोर्टिंग युवा क्लव,सैनामैना७,देवापार,रुपन्दे
प्रतियोगितामा विजेता हुने टिमले २ लाख २२ हजार २ सय २२ रुपैया नगद पुरस्कार सहित कप र मेडल पाउने छन । त्यस्तै उप विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित कप र मेडल प्राप्त गर्ने छन भने प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु.१० हजार नगद वा सोही रकम बराबरको माउण्टेन साइकल पाउने छन।
फागुन ५ गते सम्म संचालन हुने सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिंग युवा क्लव देवापारको व्यबस्थापनमा संचालित तेश्रो सैनामैना मेय कप नकआउट फुटवल प्रतियोगितामा १२ फुटवल टिमहरुले सहभगिता जनाएका छन भने हरेक दिनको खेलमा म्यान अफ द म्याच हुने खेलाडीले नगद २ हजार रुपैया र अवार्ड प्राप्त गर्ने छन। यसैगरी प्रतियोगितामा सेमी फाइनल सम्म पुग्ने दुई टिमहरुलाई जनही २०/२० हजार रुपैया प्राप्त गर्ने आयोजकले जानएको छ। प्रतियोगिता सैनामैना ७ देवापारमा रहेको सरस्वती माध्यमिक विधालयको खेल मैदानमा भइरहेको छ।
प्रकाशित मिति : सोमबार, माघ २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्