५० ब्युटिसियनले पाए हाउस अफ ब्युटीको प्रशिक्षित प्रमाणपत्र

५० ब्युटिसियनले पाए हाउस अफ ब्युटीको प्रशिक्षित प्रमाणपत्र

बुटवल

सिप सिकेपछि को नै बेरोजगार हुन्छ र ? जुनसुकै सीपलाई सिकेर ब्यबहारमा उतार्न सक्नु नै महानता हो। यस्तै कुरा ब्यक्त गरेका छन् एक प्रशिक्षण तालिमको प्रमाणपत्र बितरण समारोहमा। यस क्षेत्रकै चर्चित ब्युटिसियन सोनिस्ता लामा चन्दद्वारा सन्चालित बुटवलको हाउस अफ ब्युटीमा मास्टर इन रसियन हेयर डिजाइनिङ्ग (२०/३० दिने ) नेल आर्ट एक्स्टेन्सन ढाइ महिने, मास्टर इन प्रोफेस्नल मेकअप ट्रेनिङ्ग, आइलेसेस एक्स्टेन्सन माइक्रो ब्लेडिङ लगायतका कोर्ष सम्पन्न गरेका ५० ब्युटिसियन मेकअप आर्टिस्टहरुलाई सिपको प्रमाणपत्र प्रदान गरिएको छ। सस्थाका संचालक डा. दिपेन्द्र चन्दको अध्यक्षतामा सम्पन्न सो प्रमाणपत्र बितरण समारोहमा ख्यातिप्राप्त प्रशिक्षक तथा सस्थाका प्रबन्ध निर्देशक सोनिस्ता लामा चन्दले तालिममा सिकेको कुरालाई ब्यबहारमा उतारी आफैमा स्वरोजगार बनि ख्याति कमाउन सक्नुनै तालिमको प्रमुख उदेश्य रहेको बताउनुभयो। सो अवसरमा प्रशिक्षार्थिको तर्फबाट बोल्दै कल्पना गिरि र योगमाया शर्माले आफुहरुले सिकेको सिप सहि तबरले प्रयोग गर्ने र तालिममा सहजीकरण र सिकाइ एकदमै उत्कृस्ट रहेको र प्रशिक्षकहरुले बुझ्ने गरि प्राक्टिकल रुपमा राम्रोसंग सिकाएको जानकारी दिएका थिए। बुटवलमै यस्तो खालको स्तरिय तालिम लिन पाउदा आफुहरु अत्यन्तै खुसि भएको बताउदै प्रशिक्षार्थिहरुले तालिम दिएकोमा सस्थाप्रति धन्यबाद ज्ञापन गरेका थिए। डा. दिपेन्द्र चन्दले छिट्टै काठमान्डौ, पोखरा, नेपालगंज, हेटौडा, चितवन लगायत देशको मुख्य शहर हरुमा प्रशिक्षण दिने जानकारी पनि दिनु भएको थियो । मनोज पन्थको स्वागतबाट शुरु कार्यक्रमको संचालन सुमन श्रेष्ठले गर्नुभएको थियो।

प्रकाशित मिति : बुधबार, माघ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij