तेश्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगितमा फुलबारी गाइज बुटवल सेमिफाइनलमा प्रवेश

तेश्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगितमा फुलबारी गाइज बुटवल सेमिफाइनलमा प्रवेश

सैनामैना
तेश्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता अन्तरगत बुधवार सम्पन्न खेलमा फुलबारी गाइज विजयी भएको छ । फुलबारीले फोर ब्रदर्श नवलपरासीलाई १–० गोल अन्तरले पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो ।
सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिंग युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत बुधबारको खेलमा फुलबारीका लागि प्रयास तामाङले खेलको ५१ औं मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा तामाङ नै म्यान अफ दि म्याच घोषित भएका छन् । विहिबार हुने खेलमा रुपन्देहीको फर्साटिकर एफसी र कपिलवस्तु जिल्ला फुटबल संघ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

सैनामैना–७ सरस्वती माविको खेलमा मैदानमा जारी प्रतियोगिताको विजेताले नगद २ लाख २२ हजार २ हजार २२ रुपैया सहित ट्रफि र मेडल प्राप्त गर्ने छ । उविजेता टिमले १ लाख उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित कप तथा मेडल प्राप्त गर्ने छ । प्रतियोगिताको अन्तिम ४ मा पुग्ने अन्य २ समुहले समेत नगद २०र२० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी विधागत रुप उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक तथा उत्कृष्ट कोचलाई समेत नगद पुरस्कारले सम्मान गरिने भएको छ ।

 

प्रकाशित मिति : बुधबार, माघ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij