चौराहा स्थित प्रथम शहीद लखन थापामगरको शालीकमा माल्यार्पण गरि लखन दिवस मनाइयो

चौराहा स्थित प्रथम शहीद लखन थापामगरको शालीकमा माल्यार्पण गरि लखन दिवस मनाइयो

बुटवल  ।
नेपालका प्रथम शहीद लखन थापामगरको १ सय ४४ औं स्मृति दिवस एक समारोहको आयोजना गरि मनाइएको छ ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति, रुपन्देहीको आयोजनामा आज आइतबार बुटवल लखनचोक चौराहा स्थित प्रथम शहीद लखन थापामगरको शालीकमा माल्यार्पण गरि दिवस मनाइएको हो ।

सो अवसरमा नेपाल मगर संघका केन्द्रिय सल्लाहकार एवं समाजसेवी केशब सुर्यबंशी मगरले देशको लागि प्राण आहुती गर्ने शहीदहरुप्रति राज्यपक्षले उचित सम्मान र कदर गर्न नसकेको बताए ।

राज्य सञ्चालकहरु सधैं सत्ता र स्वार्थमा केन्द्रित भएकाले नागरिक स्तरबाट खबरदारी गर्नुपर्ने समय आएको उनको भनाई थियो । सो अवसरमा राजनीतिक विश्लेशक युग पाठकले शहीदको योगदानलाई अवमूल्यन नगर्न राज्य सञ्चालकलाई चेतावनी दिए ।

सो अवसरमा मगर संघका केन्द्रिय उपाध्यक्ष दल बहादुर वीरकट्टा, राष्ट्रिय जनमुक्ति पार्टीका लुम्विनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, नेपाल मगर संघ लुम्विनी प्रदेश उपाध्यक्ष धनी आलेमगर, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहा, नेपाल मगर महिला संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष चन्दा थापामगर लगायतले बोलेका थिए ।

कार्यक्रम लखन थापा मगर अक्षयकोष २०५६ रुपन्देहीका उपाध्यक्ष ताराप्रसाद छन्तेलको स्वागत तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका सचिव थर्क बहादुर बारघरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij