JanataToday.com

Advertisment

SKIP THIS

बुटवलमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि

बुटवलमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि

बुटवल।

बुटवल उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि हुने दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ ।
फागुन ७ गतेदेखि बुटवल–११ एन्फा एकेडेमीको कम्प्लेक्स तथा मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिले बुधबार दिउसो बुटवलको कालिका–मानवज्ञान माविमा पत्रकार सम्मेलन गरि रनिङ शिल्ड प्रतियोगिताका बारेमा जानकारी गराएको छ ।
एन्फा टेक्निकल सेन्टर देवीनगरमा फागुन ७ गते शुक्रबारदेखि १० गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले जानकारी दिए । उक्त प्रतियोगिताको शुक्रबार दिउँसो १ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन शत्रमा बुटवलमा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले झाँकीसमेत देखाउने गरि भव्य तयारी भइरहेको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सदस्य सचिव विष्णुहरि ज्ञवालीले जानकारी दिए ।
नगरभित्रका १८ वटा सामुदायिक र ११ वटा निजी गरी कूल २९ वटा विद्यालयका करिब एक हजार ३ सय ३४ जना खेलाडीहरुको सहभागिता हुने उनको भनाइ छ । विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई अन्य प्रतियोगितामासमेत सहभागि हुन पाउने उनको भनाइ छ ।
प्रतियोगिताका लागि विद्यागत समितिहरु गठन गरि तयारी भइरहेको अध्यक्ष काउचाको भनाइ छ । प्रतियोगिता सञ्चालन गर्न ६ लाख रुपैयाँ बजेट रहेको उनले बताए ।
दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी तथा मार्शल आर्टतर्फ कराँते, तेक्वान्दोलगायतका सबै खेलमा सहभागी हुने सबै विद्यार्थीले शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताका बारेमा जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसी, खेलकुद विकास समितिका सदस्यहरु विजय कुवँर, नवीन स्कुलका प्रअ प्रेमबहादुर बस्नेत, खेलकुद विकास समितिका सदस्यहरु उमेश थापा, नवीन थापा सारु, अशोक गुरुङलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागि रहने प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ४२ कास्य पदकका लागि प्रतिष्प्रधा हुनेछन् । विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुंदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव ज्ञवालीले जानकारी दिए ।
प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल,कबड्डी, करांते, तेक्वाण्डो लगायतका प्रतियोगिताहरु हुनेछन् ।
प्रतियोगिता अघि खेल शिक्षकलाई प्रशिक्षण
बुटवलले दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नु सबै वडाका विद्यालयका खेल शिक्षकलाई विशेष प्रशिक्षण दिएको थियो । बुटवल नगर खेलकुद विकास समितिमार्फत सबै १९ वटै वडाका सामुदायिक र संस्थागत गरी २९ विद्यालयका खेल शिक्षकहरुलाई एक हप्ते विशेष प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको थियो ।
सोही प्रशिक्षण लिएका शिक्षकले आ–आफ्ना विद्यालयका विद्यार्थीलाई सिकाउँदै प्रतियोगिताका लागि तयार पारेका छन् । प्रतियोगितालाई अझ व्यवस्थित, प्रभावकारी बनाउनुका साथै खेलाडी उत्पादनमा महत्वपूर्ण टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता अघि विषयगत शिक्षकलाई खेलकुद प्रतियोगिता बारेमा प्रशिक्षण दिइएको हो ।
खासगरि खेलकुदका गतिविधिलाई झाराटराई बनाउने गरेका गुनासा आइरहेका बेलामा विद्यालयमा खेलकुद हेर्ने शिक्षकलाई नै विषय केन्द्रित प्रशिक्षण दिएर खेलकुदलाई व्यवस्थित बनाउने कोसिस नेपालमै पहिलोपटक बुटवलबाट सुरु भएको हो ।
बुटवलमा ३९ खेल मैदान तयार हुँदै
बुटवल उपमहानगरपालिकाले खुला व्यायामशाला निर्माणदेखि विभिन्न खेलमैदानको निर्माण तथा स्तरोन्नितको काम गरिरहेको छ । १९ वडामा ३९ वडा खेल मैदान निर्माण तथा विस्तार गर्नेगरि योजनाबद्ध कामको थालनी भएको नगर खेलकुद विकास समितिका अध्यक्ष काउचाले बताए ।
बुटवलको एन्फा एकेडेमीका अतिरिक्त वडा नं। १३ जवईमा रहेको खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने गरि उपमहानगरले प्रदेश सरकारसंगको सहकार्यमा गुरुयोजना बनाएर काम गरिरहेको छ । विद्यालयमा रहेका मैदानलाई व्यवस्थित गर्ने, सबै वडामा खेलमैदान बनाउने, खुला व्यायामशाला बनाउने, खेल पूर्वाधारको विकास गर्दै दक्ष खेलाडी उत्पादन गर्ने विषयलाई उपमहानगरले नीति तथा कार्यक्रममै समावेश गरेको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij