‘विप्लवलाई मूलधारको राजनीतिमा आउन आग्रह’:प्रधानमन्त्री

‘विप्लवलाई मूलधारको राजनीतिमा आउन आग्रह’:प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेत्रविक्रम चन्द ‘विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आह्वान गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री हिँसात्मक गवितिधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन् ।

उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरेका छन् । ‘शान्तिपूर्ण मूलधारमा समाहित हुन नसकिरहेका कतिपय पक्षहरुलाई संवादको माध्यमबाट शान्तिपूर्ण रुपमा मूलधारमा आउन आग्रह गर्दछु’, उनले भने ।

उनले लोकतन्त्रलाई ‘कु’बाटोमा धकेल्ने चेष्टाहरुलाई रोक्ने बताए । प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा लाग्न पनि सबै निकायहरुलाई निर्देशन दिँदै देशलाई अस्थीरताबाट जोगाउन ताजा जनादेशमा जानुको विकल्न नभएको तर्क गरे ।

आफ्नो नेतृत्वको सरकारले लोकन्त्रको बाटो नबिराउने प्रधानमन्त्री ओलीको भनाई छ । ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन,’ उनले भने, ‘जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij