काठमाडौं – नेपालमा कोभिड १९ संक्रमित संख्या २ लाख ७३ हजार २६३ पुगेको छ । पछिल्लो २४ घण्टामा ९७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या त्यति पुगेको हो ।
यस्तै आज (शुक्रबार) ११४ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६९ हजार ६१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज क्वारेन्टिनमा ६८ जना छन् भने सक्रिय संक्रमित संख्या एक हजार ५८३ रहेको छ । यस्तै आज थप तीन संक्रमितको मृत्यु भएको छ । योसँगै मृतक संख्या २ हजार ६१ पुगेको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्