धेरैलाई थाहा छैन ,मधुमेह र उच्च रक्तचापले आँखामा असर गर्छ भन्ने

धेरैलाई थाहा छैन ,मधुमेह र उच्च रक्तचापले आँखामा असर गर्छ भन्ने

मधुमेह र उच्च रक्तचापका बिरामीको आँखामा असर पर्ने भएकाले त्यस्ता रोगका बिरामीलाई समयमै आँखा परीक्षण गर्न सल्लाह दिनुहुन्छ फिजिसियन डा. थापा

बुटवल
रुपन्देही देवदह घर भएका भुवन सिहं थापा उनी अहिले ३५ बर्षका छन उनलाइ एक युवालई उच्च रक्तचाप र मधुमेहको समस्या एकै पटक देखियो । शुरुमा उनले आफ्नो समस्यालाई लुकाएरै काम गरिरहेका थिए । विस्तारै उनको आँखाको दृष्टिमा पनि समस्या देखिन थाल्यो । अन्ततः उनी काम गर्न नसक्ने अवस्था पुगे उच्च रक्तचाप र मधुमेहको समस्या लिएर अस्पताल पुगेका उनलाई अस्पतालले आँखा जचाउँन को लागि बुटवल लायन्स आँखा अस्पतालमा पूरयाइयो । मधुमेह र उच्च रक्तचापका कारण उनको आँखाको पर्दा रेटिनामा असर परेर आँखा कम देख्ने भइसकेका रहेछन् ।अस्पतालका चिकित्सकको सहल्लाहमा उनी अहिले उच्च रक्तचाप, मधुमेह र आँखाको औषधि सबै प्रयोग गरिरहेका छन् ।
उनी आफनो काम गरिरहेएका थिए एकाकएक उनमा मधुमेह र उच्च रक्तचाप भयो, शुरु–शुरुमा त बेवास्ता गरेर काम गरिरहेँ । विस्तारै आँखाले पहिलाजस्तो नदेखेको जस्तो महसुस हुन थाल्यो उनी भन्छन गाह्रो हुन थालेपछि कामै छाडेर बस्ने अवस्थामा पुगे मधुमेह र रक्तचापले आँखासमेत बिग्रिन लागिसकेको रहेछ । धन्न बेलैमा अस्पताल आएँ, नत्र आँखै नदेख्ने हुनेरहेछु ।
यस्तै आर्का हुनुहुन्छ बुटवल पाखापानी बस्ने उमेश बस्नेत उनको उमेर भने अहिले ५५ बर्षको भयो उनी पनि उच्चरक्तचाप र मधुमहेको बिरामी हुनुहुन्छ ।त्यस्तै उहाले नियमित औषेधी सेवन नगर्दा उहालाई त्यसको असर आखामा पर्न गयो विस्तारै आँखाले पहिलाजस्तो नदेखेको जस्तो महसुस हुन थाल्यो गर्दा गर्दे उहाले हिडडुल गर्ने गाह्रो हुन लाग्यो र अनि उहा पनि बुटवल लायन्स आखा अस्पताल आउनु भयो त्यस पछि बल्ल उहालाइ थाहा भयो कि कारण उच्चरक्तचाप र मधुमहेको रहेछ भन्ने
उच्च रक्तचाप र मधुमेहका बिरामी बढेसँगै बुटवल लायन्स आँखा अस्पतालमा रेटिनामा समस्या भएका बिरामीहरु आउने गर्दछन बताउनुहुन्छ बुटवल वायन्स आखा अस्पतालका व्यवस्थापक मनोज कुमार श्रेष्ठ एक वर्षको अवधिमा ५ हजार मधुमेह र उच्चरक्तचापका बिरामी आँखा परीक्षणका लागि आएको अस्पतालको तथ्यांक भएको उहाले बताउनुहुन्छ।
अस्पतालको रेटिना क्लिनिकमा दैनिक ६० देखि ७० जना बिरामीहरु उपचारका लागि आउँछन् । ती मध्ये ६० प्रतिशत बिरामी मधुमेह र उच्च रक्तचापको बिरामी रहेको अस्पतालका व्यवस्थापक श्रेष्ठ बताउनुहुन्छ । आखा अस्पताल आखा नदेखेर या मोतीबिन्दु भएका अपरेसन गर्ने अघिकाम्स बिरामीको रगत परिक्षण गर्दा उनीहरुको रगतमा मधुमहे अत्याधिक बढी देखिएर अपरेसन गर्ने नमिलेको बताउनुहुन्छ लायन्स आखा अस्पतालका ल्याब असिसेन्ट कमल गौतमले बताउनु हुन्छ । आधा बिरामीहरु मधुमेह र उच्च रक्तचापले दृष्टि कम भइसकेपछि उपचारका लागि आउने गरेको ल्याब असिसेन्ट गौतम भनाई छ ।
त्यस्तै लायन्स आखा अस्पतालका आखारोग बिषशेज्ञ डा.उपेन्द्रदेव भारी बताउनुहुन्छ ।मधुमेहले शरीरका विभिन्न अंगमा असर गर्छ। मधुमेहले आँखा, मुटु, मस्तिष्क, मिर्गौला, स्नायु जस्ता अंगमा नकारात्मक असर पुर्याउँछ। मधुमेहले मानिसको देख्न सक्ने शक्तिलाई बिस्तारै क्षीण बनाइदिन्छ र अन्त्यमा ‘डाइबेटिक रेटिनोप्याथी’का कारण दृष्टिविहीन बनाइदिन्छ। नेपालमा अन्धोपन गराउने विभिन्न कारणमा डाइबेटिक रेटिनोप्याथी पनि प्रमुख कारण मध्येमै पर्छ। यसलाई बढ्दो जनस्वास्थ्य समस्याका रुपमा लिन आवश्यक छ। खासगरी बिरामीहरु ढिलो गरी जचाउन आउने चलनले गर्दा राम्रो दृष्टि फर्काउन सक्ने सम्भावना कम हुने गरेको छ उहा बताउनुहुन्छ ।
मानिसको शरीरमा रक्तसञ्चार प्रणाली सञ्चालन गर्ने धमनी र सिरा हुन्छ । मधुमेह र उच्च रक्तचापका बिरामीको सिरा बन्द हुँदा आँखाको पर्दा रेटिना मा रगत जम्मा हुन्छ । जसले गर्दा दृष्टिकेन्द्रमा असर पुग्न गइ बिरामीले आँखा कम देख्ने वा बिरामीको मृत्यु हुने जोखिम नै बढ्ने डा शाक्य बताउँछन् महुमेह र उच्च रक्तचापका बिरामीहरु जति छिटो आँखाको उपचार गर्न आयो त्यति नै दृष्टि बचाउँन सहज हुन्छ डा शाक्यले भने ‘आँखाको स्वास्थ्यलाई बेवास्ता गर्दा पछि जीवनभर दृष्टिविहिन हुनुपर्ने अवस्था समेत आउँछ ।
मधुमेह र उच्च रक्तचापका बिरामीको आँखामा समेत असर पर्ने भएकाले  त्यस्ता रोगका बिरामीलाई समयमै आँखा परीक्षण गर्न सल्लाह दिनुहुन्छ फिजिसियन डा.सरोज थापा तर मधुमेह र रक्तचापका धेरै बिरामीहरु आँखा परीक्षण गर्न हेलचेक्राई गर्ने गरेको डा थापाको भनाइ छ ।
धेरै व्यक्तिमा मधुमेह र रक्तचाप हुँदा आँखा परीक्षण गर्नुपर्छ भन्ने चेतना नै नभएको डा थापा बताउनुहुन्छ ।‘मधुमेह र उच्च रक्तचापका बिरामीले आँखा जाँच गराउँनु अनिवार्य हुन्छ ।नेत्र विशेषज्ञसँग समय–समयमा आँखाको जाँच गराउनु र आवश्यक उपचार लिनु नै रोकथामका लागि उत्तम विकल्प हो। यदि, मधुमेह भएको पत्ता लाग्यो भने आँखा जाँच गराउन ढिलाइ गर्नु हुँदैन। आँखामा केही समस्या नभए पनि वर्षमा एकपल्ट आँखा जँचाउनु उपयुक्त हुन्छ। अर्थात् आँखा जाँच गराउन दृष्टि क्षमता घटेको अवस्थासम्मै कुर्नु हुँदैन।

प्रकाशित मिति : शनिबार, फाल्गुन ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij