मतदाता नामावली अध्यावधिकको काम फागुन तेस्रो हप्ताभित्र सक्ने आयोगको तयारी

मतदाता नामावली अध्यावधिकको काम फागुन तेस्रो हप्ताभित्र सक्ने आयोगको तयारी

काठमाण्डाै – निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने काम फागुन तेस्रो हप्ताभित्र सम्पन्न गर्ने तयारी गरेको छ ।

वैशाखमा तोकिएको मध्यावधि चुनावका लागि यही फागुन तेस्रो हप्ताभित्र नामावली अध्यावधिक गर्ने काम सम्पन्न गर्ने काम भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चुनावको तयारीअनुसार आयोगले अहिले तयार भएको निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरुसँग परामर्शको काम गरिरहेको छ ।

राजनीतिक दलहरुले चुनाव प्रचारप्रसारका सामग्री सार्वजनिक ठाउँ र घरमा राख्ने/नराख्ने, निर्वाचन खर्चलगायतबारे सुझाव दिएका र त्यसबारे आयोगले थप अध्ययन गरेर स्वीकृत गर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । आयोगले सुझावलाईसमेत समेटेर स्वीकृत गरेपछि आचारसंहिता लागू हुनेछ । आयोगले चुनावका लागि आवश्यक सामग्री खरिदका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

केही दिनमै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । आयोगले निर्वाचन निर्देशिका बनाउने काम पनि गरिरहेको र त्यसका लागि अध्ययनको काम भइरहेको जानकारी गराएकाे छ । यसैबीच, चुनावअघि नै नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्नुपर्ने भएकाले आयोगले छिट्टै नेकपाको विवाद टुङ्ग्याउने गरी काम गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा वैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने मिति तोक्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएपछि नेकपा दुई समूहमा विभाजित छन् । प्रचण्ड–नेपाल समूह कुनै पनि हालतमा संसद पुनःस्थापना हुनुपर्ने पक्षमा छ भने प्रधानमन्त्री ओली समूह चुनावमा गएर ताजा जनादेश लिएर आउनुपर्ने अडानमा छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएको छ । प्रतिनिधिसभा पुनःस्थापना हुने या नहुने भन्नेबारेको फैसला केही दिनभित्रै गर्ने सर्वोच्चको तयारी छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij