सेन्ट्रल लुम्बिनीद्वरा नेतृत्व विकास तालिम, मेरो सहर सफा सहर अभियान सुरु

सेन्ट्रल लुम्बिनीद्वरा नेतृत्व विकास तालिम, मेरो सहर सफा सहर अभियान सुरु

भैरहवा- रोट्रयाक्ट क्लव अफ सेन्ट्रल लुम्बिनीले नेतृत्व विकास तथा उत्प्रेरणात्मक तालिम गरेको छ । क्लवका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित तालिममा प्रशिक्षक दिनेश खड्काले सकारात्मक सोच, सफलताका लागि अपनाउनुपर्ने उपायहरु तथा नेतृत्व विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए। क्रियाकलापमा आधारित रहेको तालिममा ६० जनाको सहभागिता रहेको थियो ।

क्लवका अध्यक्ष बाबुराम खनाल अतितको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष हिरा बहादुर शाह, पूर्व अध्यक्ष कृष्ण पाण्डे, कार्यक्रम संयोजक उपेन्द्र यादव लगायतले बोल्दै नेतृत्व विकासका लागि तालिम अत्यन्तै उपयोगी भएको भन्दै अहिले झण्डावाला नेता भन्दा पनि कर्म गर्ने नेतृत्वको आवश्यकता रहेको बताए । कार्यक्रममा सह–कोषाध्यक्ष अस्मिता अधिकारी, सदस्यहरु प्रदिप सापकोटा, समसुद्धिन शेख लगायतका सहभागीहरुले तालिमको अनुभव सुनाएका थिए ।

यसैबीच तालिममा सहभागीहरुले मेरो सहर सफा सहर अभियान सुरु गरेका छन् । तालिममा सिकेको सीपलाई व्यवहारमा परिवर्तन गर्नका लागि अभियान सुरु गरिएको क्लवका अध्यक्ष अतितले बताए । सहरमा हुने फोहोर मैला व्यवस्थापनका लागि क्लवले समन्वयात्मक भूमिका खेल्ने भन्दैे उनले यस कार्यका लागि सबैलाई सहयोग गर्न आग्रह समेत गरे । क्लवको अगुवाईमा सरसफाईका क्रियाकलाप तथा सचेतनाका कार्यक्रम गरेर सानो तहबाट उदाहरणीय नेतृत्वको विकास गर्न उत्प्रेरित गरिएको प्रशिक्षक दिनेश खड्काले बताए । ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij