नयाँ दिल्ली – भारतमा पछिल्लाे समय काेराेना (काेभिड १९) संक्रमितकाे संख्या बढेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १६ हजार ७३८ जनामा संक्रमण पुष्टि भएकाे छ । याे एक महिनायताकै बढी संक्रमित संख्या हाे । यसअघि २९ जनवरीमा एकैदिन १८ हजार ८५५ संक्रमित भेटिएका थिए । त्यसपछि भने संक्रमित संख्या १५ हजारभन्दा तल थियाे ।
यससँगै भारतमा काेराेना संक्रमितकाे कुल संख्या एक कराेड १० लाख ४६ हजार ९१४ पुगेकाे छ । संक्रमितमध्ये एक कराेड ७ लाख ३८ हजार ५०१ जना निकाे भइसकेका छन् भने मृतक संख्या एक लाख ५६ हजार ७०५ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा १३८ काेराेना संक्रमितकाे मृत्यु भएकाे भारतीय सञ्चार माध्यम दैनिक जागरणले उल्लेख गरेकाे छ ।
भारतमा अहिले सक्रिय संक्रमित संख्या एक लाख ५१ हजार ७०८ रहेकाे छ । त्यहाँ १६ जनवरीमा काेभिडविरूद्धकाे भ्याक्सिन लगाउन सुरू गरिएकाे थियाे । बुधबारसम्म एक कराेड २३ लाख ६६ हजार ६३३ डाेज खाेप लगाइएकाे छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्