काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ । तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा हिजो एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।
विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाएको छ । फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १ हजार ४ सय ५० किलो दाना पनि नष्ट गरिएको बताइएको छ ।
यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ । फार्ममा रहेको ७ सय ५० किलो दाना पनि नष्ट गरिएको टोलीले जनाएको छ । तारकेश्वर नगरपालिका–१ मा बर्डफ्लुका कारण यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।
यस्तै काठमाडौंसहित सुर्खेतलगायत जिल्लाहरुमा पनि बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । कुन–कुन ठाउँमा सङ्क्रमण छ भनेर आफूहरुले अध्यन गरिरहेको पशुसेवा विभागले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्