काठमाडौँ -आज सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन एक हजार सात सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा ८७ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापावाल सुन तोलामा ८८ हजार सात सयमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन तोलामा ८६ हजार पाँच सय ५० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा ८८ हजार दुई सय ५० मा कारोबार भएको थियो ।
यसैगरी चाँदी आज तोलामा ४० रुपैयाँले घटेको छ । सोमबार एक हजार तीन सय ३० मा कारोबार भएको चाँदी आज भने तोलामा एक हजार दुई सय ९० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्