काठमाडौं -संघीय सांसदहरुलाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । आगामी २३ फागुनदेखि शुरु हुने संसद् अधिवेशनमा सहभागी हुने सांसदहरुलाई बुधबारबाट खोप लगाउन शुरु गरिएको हो ।
अहिलेसम्ममा सभामुख अग्निप्रसाद सापकोटा, विपक्षी नेकपाका अध्यक्षदव्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, देव गुरुङलगायतका नेताहरुले खोप लगाइसकेका छन् । खोप लगाएर मात्र संसद् भवन प्रवेश गर्न दिइने भएकाले सबै सांसदहरुले खोप लगाएको संसद् सचिवालयले जनाएको छ ।
यस्तै गरी संसद् सचिवालयका कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामिलासम्बन्धी पत्रकाहरूलाई पनि खोप दिइने बताइएको छ । जसमा सांसदहरुले आज नै लगाउने छन् भने अन्यको हकमा बिहीबार र शुक्रबार छुट्याइएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्