पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

चार हजार तीन सय ९९ जनामा पीसीआर परीक्षण गर्दा ८९ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेकाे सङ्ख्या दुई लाख ७४ हजार आठ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ४२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार नौ सय २७ पुगेको छ । अब नेपालमा आठ सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

थप एक जनाकाे सङ्क्रमणका कारण ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij