JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देही सुपरलिगको उपाधि वेष्टर्नलाई

रुपन्देही सुपरलिगको उपाधि वेष्टर्नलाई

 

बुटवल

रुपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लबले जितेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगमा न्यू होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वेष्टर्नले पहिलोपल्ट उपाधि जितेको हो । जितसँगै उसले नगद ८० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको होराइजनले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो ।

खराब मौसमका कारण ३० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको होराइजनले ९ विकेटको क्षतिमा १ सय ६ रन बनायो । वेष्टर्नले २८ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरी जित निकाल्यो । ९ रनमा पहिलो विकेट गुमाएको वेष्टर्न सुरुवात्मै निकै दवावमा परेको थियो । दोस्रो विकेटका लागि देव खनाल र उत्तम थापाले ६५ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए ।

७८ रनमा ४ विकेट गुमाएको वेष्टर्न अजय कौशिल्या र एकेन्द्र कुंवरको जोडी जमेपछि उनीहरुले नै टिमलाई जित दिलाए । उसका लागि देव खनालले सर्वाधिक ४४, उत्तम थापाले २६, एकेन्द्र कुंवरले २२ र अजय कौशिल्याले २२ रन जोडे । होराइजनका गोविन्द केसीले २ तथा तुलबहादुर थापाले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरी ३३ रनमा पहिलो विकेट गुमाएको होराइजनको त्यसपछि कुनै खेलाडीले राम्रो साझेदारी गर्न सकेनन् । खेलमा विशाल खत्रीले सर्वाधिक २३ रन बनाए । सुमित पराजुलीले १८, अमर मिश्राले १३, शक्ति गौचन र गोविन्द केसीले समान १०÷१० रन जोडे । वेष्टर्नका हरजित सिंह, देव खनाल र राहुल कुमारले २÷२ विकेट तथा अभिषेक गौतम, एकेन्द्र कुंवर र विवेक पराजुलीले समान १÷१ विकेट लिए ।

देव खनाल म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ हात पारे । लिगमा वेष्टर्नका राहुल कुमारले म्यान अफ द सिरिजको उपाधि सहित नगद १५ सहित पुरस्कृत भए । उनी उत्कृष्ट ब्याट्सम्यान समेत भए र ५ हजार रुपैयाँ प्राप्त गरे । लुम्बिनी खुकुरीका अजय लोनिया उत्कृष्ट बलर भई ५ हजार रुपैयाँ प्राप्त गरे । लिगमा उत्कृष्ट प्रदर्शन गरेका होराइजनका पुरुषोत्तम भट्टराई उदयीमान खेलाडी बन्दै ५ हजार नगद पुरस्कार जिते । उपाधि विजेता र उपविजेता खेलाडीहरुलाई पूर्वमन्त्री दीपक बोहरा, आयोजक रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्ल लगायतले पुरस्कार प्रदान गरे ।

प्रकाशित मिति : आइतबार, चैत्र १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij