म्यानमारमा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समुदायको दबाब जरुरी : शान्ति समाज सभापति खनाल

म्यानमारमा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समुदायको दबाब जरुरी : शान्ति समाज सभापति खनाल

बुटवल-मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले बर्मामा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समुदायको दबाब जरुरी रहेको बताएका छन् ।

उनले सैन्य कु मान्य नहुने भन्दै नागरिक हत्यामा भैरहेको दमन तत्काल बन्द गर्न माग गरे । उनले राजनैतिक बन्दीको तत्काल रिहाइको माग समेत गरे ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा गरेको बिरोध प्रदर्शनमा बोल्दै सभापति खनालले म्यानमारका प्रधानमन्त्री आङ साङ सूचीको रिहाइको माग समेत गरे ।

सो अबसरमा बोल्दै समाजका केन्द्रिय सदस्य बिष्णु भुसालले बर्माको दमनकारी नीति अन्त्य गरेर लोकतन्त्रको पुर्नबहालीको बिकल्प नभएको बताए । म्यानमारमा भइरहेको सैनिक शासन र हत्याको बिरोधमा बुटवलको राजमार्ग चौराहामा बिहान १० बजेदेखि ११ बजेसम्म बिरोध प्रदर्शन गरिएको समाजका रुपन्देही शाखा सभापति डीपी खनालले बताए ।

उपसभापति कृष्ण भट्टराइको स्वागत तथा जिल्ला सचिब कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो ।  म्यानमारमा नागरिकमाथि सुरक्षा फौजले चलाएको गोली लागेर ३८ जनाको मृत्यु भएको छ ।

म्यानमारमा भइरहेको हत्या र दमनको विरोध एवं राजनीतिक बन्दीहरूको विना सर्त रिहाइ र लोकतन्त्र बहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजले आज देशैभर कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : सोमबार, चैत्र २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij