काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ९४ कोरोना संक्रमित थपिएका छन् । यस्तै आज (बुधबार) ५५ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ । संक्रमितमध्ये २ लाख ७१ हजार ५५० जना निको भइसकेका छन् भने हालसम्म ३ हजार ७४ जनाको मृत्यु भएकाे छ ।
आज क्वारेन्टिनमा ४९ जना छन् भने सक्रिय संक्रमित संख्या ९५४ रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्