प्रदेश विश्वविद्यालय स्थापना सम्बन्धी विधेयकको प्रतिवेदनलाई समितिले दियो अन्तिम रुप

प्रदेश विश्वविद्यालय स्थापना सम्बन्धी विधेयकको प्रतिवेदनलाई समितिले दियो अन्तिम रुप

बुटवल।
लुम्बिनी प्रदेश सभामा गठित सामाजिक विकास समितिले प्रदेश विश्वविद्यालय स्थापना,सञ्चालन,नियमन र व्यवस्थापन गर्न बनेको विधेयकको प्रतिवेदनलाई अन्तिम रुप दिएको छ ।
सामाजिक विकास मन्त्री सुदर्शन बराल र सचिव महादेव पन्थसहित बुधबार बसेको समितिको बैठकले विधेयकमाथिको दफावार छलफलका क्रममा संशोधन गर्नुपर्ने भनि उठेका बिषयवस्तुहरु समेत छलफल गरी प्रतिवेदनलाई अन्तिम रुप दिइएको हो ।

समितिका सभापति दृग नारायण पाण्डेले विधेयकको महत्वलाई दृष्टिगत गरी विज्ञहरुसहित छ वटा बैठक बसेर विधेयकको प्रतिवेदनलाई अन्तिम रुप दिइएको जानकारी दिए।

विधेयकमा समावेश गर्नुपर्ने बिषयहरु समेत समावेश भएको प्रतिवेदनलाई समितिले अन्तिम रुप दिएसँगै अब प्रदेश सभाबाट पारित हुने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए।

प्रदेश विश्वविद्यालय स्थापना गर्न प्रदेश सरकारले गत आर्थिक बर्षमै बजेट विनियोजन गरे पनि कानूनको अभावका कारण कार्यान्वयन हुन नसकेको भन्दै मन्त्री बरालले प्रदेश सभाले विधेयक पारित गरेपछि विश्वविद्यालय स्थापना गर्ने कार्यले मूर्त रुप लिने विश्वास व्यक्त गरे ।

समितिका सभापति दृगनारायण पाण्डेको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्यहरु डा.पुरनमान बज्राचार्य,अर्जुन कुमार केसी,तेज बहादुर वली,रीना नेपाल विश्वकर्मा,दीपा वि क,कमलादेवी वि क ले विधेयकमाथिको दफावार छलफलमा सहभागिता जनाएका थिए।
छलफलमा उठेका बिषयबस्तुहरुलाई समावेश गरेर तयार पारिएको प्रतिवेदन सहितको विधेयक आगामि प्रदेश सभाको बैठकमा पेश हुने समितिका सचिव पुनाराम पौडेलले जानकारी दिए ।नेकपाको एकता सर्वोच्च अदालतले खारेज गरेपछि प्रदेश सभाको बैठक कहिले बस्ने भन्ने अझै अन्यौल रहेको छ ।

प्रकाशित मिति : बुधबार, चैत्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij