एमाले संसदीय बोर्डमा नेपाल र खनाल पनि, अरु को को छन् ?

एमाले संसदीय बोर्डमा नेपाल र खनाल पनि, अरु को को छन् ?

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय बोर्डमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पनि राखिएका छन् ।

नेता सुवासचन्द्र नेम्वाङ्गले दिएको जानकारीअनुसार बोडर्मा खनाल–नेपाललाई पनि राखिएको हो । ‘उहाँहरुलाई पनि राखिएको हो,’ नेता नेम्वाङ्गले भनेका छन्, ‘मिलेरै जाने भन्ने पक्षमा छौँ । हामीले कसैलाई कारबाही गरेका छैनौँ ।’

केपी शर्मा ओली अध्यक्ष रहने बोर्डमा नेपाल, खनाल र नेम्वाङ्गसँगै विशाल भट्टराई, सुमन प्याकुरेल, बिमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मालगायतका नेताहरु छन् । यसैगरी भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा पनि बोर्ड सदस्य रहेका छन् । थप तीन जना भने बोर्डको बैठकले चयन गर्ने निर्णय भएको नेता नेम्वाङ्गले बताए ।

यस्तै बैठकले संसदीय दलको विधान संशोधनको लागि तीन सदस्यीय कार्यदल पनि बनाएको छ । कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य विमला राई पौडेल रहेका छन् ।

प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij