राष्ट्रपति भण्डारी सोमबार बंगलादेश जाँदै

राष्ट्रपति भण्डारी सोमबार बंगलादेश जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बंगलादेश जाँदै भएकी छन् । नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर भण्डारी ३९ जनासहित बंगलादेशको दुईदिने राजकीय भ्रमणमा ढाका जान लागेकी हुन् ।

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बंगलादेश जाँदै भएकी छन् । नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर भण्डारी ३९ जनासहित बंगलादेशको दुईदिने राजकीय भ्रमणमा ढाका जान लागेकी हुन् ।

निगमको दुई न्यारोेबडी विमानमध्ये लुम्बिनीले राष्ट्रपतिसहितको टोलीलाई बिहान पौने ९ बजे काठमाडौंबाट बंगलादेश पुर्याउने छ । भने मंगलबार अर्को न्यारोबडी सगरमाथाले ढाकाबाट काठमाडौं ल्याउनेछ ।

‘पहिलो दिन राष्ट्रपतिसहितलाई ढाका छाडेर विमान रित्तै फर्किनेछ’, निगमका अधिकारीले भने ‘दोस्रो दिन काठमाडौंबाट रित्तै गएर ढाकाबाट राष्ट्रपतिसहितको राजकीय भ्रमणमा रहेका ४९ जनालाई लिएर आउनेछ ।’ चार्टर भाडाभन्दा ग्राउन्ड ह्यान्डलिङ (पार्किङ) महँगो पर्ने भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको अधिकारीले जानकारी दिए । ढाकामा पार्किङबापत ३० हजार डलर लाग्ने बताईएको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij