स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना संक्रमण बढेको छ, र्‍याली-सभा नगर्नू

स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना संक्रमण बढेको छ, र्‍याली-सभा नगर्नू

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी भिड नगर्न सर्वसाधारणमा अपिल गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै नेपालमा संक्रमण बढ्न सक्ने भएकाले सभा, जुलुस, र्‍याली, भेला, गोष्ठीलगायत भिड हुने व्यवसाय र काम नगर्न र नगराउन अनुरोध गरेका छन् ।

“सामाजिक भौतिक दूरी, अनिवार्य र उचित प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने वा स्यानिटाइजरलगायत स्वास्थ्यका मापदण्ड पालना गरी कोभिड-१९ को संक्रमण रोकथाममा सहयोग पुर्‍याउन सरोकारवालाहरुसँग अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij