बुटवल
जातीय विभेद उन्मुलनका लागि अन्तराष्ट्रिय दिवसका अवसरमा वुटवलमा विभेद कहिलेसम्म ?विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देही,जागरण मिडिया सेन्टर, राष्ट्रिय दलित पत्रकार संघ रुपन्देही, परियार सेवा समाज, सृजनशिल सहयात्री समाज वुटवलद्वारा अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।
सो अवसिरमा बोल्दै संविधानसभा सदस्य विनोद पहाडीले स्थानीय निकायहरुलाई जबाफदेही बनाउन प्रभावकारी तवरले दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले सामाजिक न्यायको प्रत्याभुतिका लागि शान्ति समाजले स्थापना कालदेखिनै दलित अधिकार मानव अधिकार भन्दै अभियानरत रहेको चर्चा गरे।
अधिकारकर्मी कमला विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य दिपा विश्वकर्मा, राजनीतिकर्मीहरु गंगा शाही, देवी घले, शान्ति समाज रुपन्देहीका सभापति डिपी खनाल,पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, अभियन्ताहरु हरि ओम विक, सरस्वती परियार, सीता रोकाया,लोकबहादुर नेपाली, नरबहादुर सुनार,,पत्रकार बिनोद परियार लगायतका वक्ताहरुले जातिय विभेद र दण्डहीनताको विरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।
प्रकाशित मिति : आइतबार, चैत्र ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्