स्वास्थय मापदण्ड अपनाउन अभिभावक संघको आग्रह

स्वास्थय मापदण्ड अपनाउन अभिभावक संघको आग्रह

तिलोत्तमा-अभिभावक संघ रुपन्देहीले कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेको भन्दै आवश्यक सचेतना अपनाउन सम्पूर्ण अभिभावकमा अपिल गरेको छ ।
संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै कोरोनाको दोस्रो लहर आयो भन्दैमा त्रसित नहुन तर आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गरेको हो । संघका अध्यक्ष लोकनाथ ज्ञवालीद्वारा जारी विज्ञप्तीमा बालबालिकालाई विद्यालय पठाउँदा स्वास्थ्य मापदण्ड अपनाएर पठाउन, मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ ।
विज्ञप्तीमा कोरोना संक्रमणबाट डराएर होइन सावधानी र सतर्कता अपनाएर अगाडि बढ्न सके जोगिन सकिने भन्दै यसतर्फ संवेदनशील हुन पनि विद्यालय परिवार, अभिभावक र विद्यार्थीहरुमा अनुरोध गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij