काठमाण्डौ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक शुक्रवार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार तीन बजेका लागि एमालेको संसदीय दलको बैठक बोलाउनुभएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
यस्तै माधवकुमार नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले भने संसदीय दलको बैठक बस्ने विषयमा आफूहरूलाई जानकारी नभएको बताउनुभएको छ । यसअघि बालुवाटारमा बसेको संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, चैत्र १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्