काठमाडौँ – प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार दिउसो भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रतिनिधि सभा बैठकलाई प्रभावकारी ढंगले संचालन गर्ने विषयमा उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ । प्रतिनिधि सभाले बिजनेस नपाएको सन्दर्भमा सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेटवार्ता गर्न चाहिरहेको बताएका थिए ।
प्रतिनिधि सभा विघटन भएपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच औपचारिक भेटवार्ता भएको थिएन ।
पुस ५ गते तत्कालीन नेकपाको प्रचण्ड नेपाल पक्षका सांसदले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको विषयमा सभामुख सापकोटाको भूमिकालाई लिएर ओलीले असन्तुष्टि जनाएका थिए ।
यस्तै पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेश पेश गर्न नदिएको भन्दै सभामुखको भूमिकाप्रति पनि ओलीले असन्तुष्टि जनाएका थिए ।
प्रकाशित मिति : आइतबार, चैत्र १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्