कार्यकर्ता हत्या गर्नेलाई कारबाही गरियोस् : कांग्रेस

कार्यकर्ता हत्या गर्नेलाई कारबाही गरियोस् : कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले कार्यकर्ताको हत्या गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । होली खेल्ने क्रममा युवाबीच झडप हुँदा कांग्रेसका बागलुङ जिल्ला कार्यसमिति सदस्यसहित दुई जनाको मृत्यु भएको थियो ।

उक्त घटनापछि विज्ञप्ति जारी गर्दै कांग्रेसले अमानवीय घटना घटेकोले दोषीलाई छिटो पक्राउ गरी कारवाही गर्न माग गरेको हो । ‘अमानवीय घटना अत्यन्तै निन्दनीय छ । होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ,’ प्रवक्ता विश्वप्रकाश शर्मालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दुवै युवाको मृत शरीर भिरबाट करिब ४ सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको हुनसक्ने कांग्रेसको ठहर छ । शर्माले भनेका छन्, ‘प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

 

प्रकाशित मिति : सोमबार, चैत्र १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij