कञ्चन-अलायन्स क्लव अफ कञ्चनले होली पर्वको अवसरमा होली मिलन तथा भित्ते पात्रो सार्वजनिक कार्यक्रम गरेको छ। कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले संस्था स्थापना गरेपछि संस्थाको पहिचान मात्र नभई उक्र संस्थाले गरेका हरेक गतिबिधीहरुवाट सकाररात्मक परिवर्तन ल्याउनु पर्ने बताउनु भएको छ।
रंगहरुको पर्व होली पर्वले हरेक युवाहरुका देश र समाजप्रतिको दृष्टिकोण र जिम्मेवारीमा सकारात्मक र परिपक्वता बनाउन अलायन्स क्लव सफल बनोस भन्दै हरेक संस्थाहरुले युवाहरुमा परिवर्तन ल्याउनु छ र लागु औषध दुरुपयोग र यौन तथा महिला हिंसाको अन्त्य गर्न टोलटोलमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्नु आवस्यक रहेको उपाध्यक्ष तरामुले बताउनु भयो ।
अलायन्स क्लव अफ कञ्चनका बोर्ड सल्लाहकार राम प्रसाद अधिकारीले अलायन्स क्लव भनेको युवाहरुको नेतृत्व र व्यक्तित्व बिकास गर्न सिक्ने थलो भएको उल्लेख गर्नु भयो । पहिले सिकौ र नेतृत्वको लागि अलायन्स क्लवमा अभ्यास गरौं भन्दै सल्लाहकार अधिकारीले अवका युवाहरुमा देश र समाजलाई समृद्धि तर्फ केन्द्रित गर्न अलायन्स क्लवमा संगठित भएर व्यक्तित्व र नेतृत्वको बिकास गर्दै समाज सेवाको क्षेत्रमा योगदान गर्नु पर्ने उल्लेख गर्नु भयो ।
अलायन्स क्लव अफ कञ्चनका मातृ शाखा अलायन्स क्लव अफ सैनामैनाका संस्थापक अध्यक्ष कृष्ण भण्डारीले अलायन्स क्लवको मुख्य उद्धेश्य भनेको क्यान्सर रोगबाट सुरक्षित हुन सचेतना मुलक कार्यक्रमहरुलाई प्राथमिकता दिदै क्यान्सर पिडितहरुको उपचारका लागि अभियान संचालन गर्ने बताउनु भयो ।कार्यक्रममा अध्यक्ष सललाहकारहरु प्रकाश गौतम,राम बहादुर थापा र देरिाम रेग्मीले समेत शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
क्लवका अध्यक्ष सुमन सुवेदीको अध्यक्षतामा संचालन भएको होली मिलन तथा भित्ते पात्रो सार्वजनिक कार्यक्रममा उपाध्यक्ष गणेश कंडेलले आस्था पाठ,ड्रग अवार्नेस कोर्डिनेटर निरोज पौडेलको स्वागत तथा सचिव दिनेश चौधरीले कार्यक्रम संचालन गर्नु भएको थियो ।
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्