काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार ६ सय ४० जना पुगेको छ ।
त्यस्तै थप एक सय ११ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार नौ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा १६ सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार ३१ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्