नेबिसंघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस ईकाइ समितिद्धारा विविएसमा समिति गठन

नेबिसंघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस ईकाइ समितिद्धारा विविएसमा समिति गठन

बुटवल-नेबिसघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस ईकाइ समितिले विविएसमा क्यालॉस समिति गठन गरेको छ ।
नेपाल बिधार्थी संघ क्याम्पस इकाई कार्यवाहक सभापति एबम बिधार्थी नेत्री सुस्मा पौडेलको सभापतित्व एबम नेपाली कांग्रेस का युवा नेता अर्जुन पौडेल को प्रमुख आतिथ्यता र बिशिष्ट आतिथ्यता नेपाली कांग्रेस नगर सदस्य किरण पोख्रेल , नेबीसघ बुटवल बहुमुखी क्याम्पस इकाई सभापति दिनेश पौडेल , नेबिसघ पुर्ब क्यामप्स सभापति शकर ज्ञवाली , सैनामैना का तरुण नेता श्याम गुरुंङ ,प्रदिप पाण्डे , तरुण दल सैनामैना ६ का सभापति प्रबिन थापा लगायत को आतिथ्यता रहेको थियो ।

बिबिएस प्रथम वर्षमा अध्यनरत नेपाली माध्यम हेमा बश्याल ,अंग्रेज़ी माध्यम अमृत थापा नेतृत्वमा क्रमश ६५ , ५१ सदस्य कक्षा समिति गठन भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली काग्रेस युवा नेता अर्जुन पौडेलले सरकारले निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा कर लगाएर विधालाई जनताको पहुच बाहिर पुराएको र ईन्धनमा कर लगाई सरकार भष्टचारमा लिप्त रहेकोले कर फिर्ता गरि सबैको पहुचमा शिक्षा पुर्याउन आह्वान गरेका छन् ।

साथै नेपाली कांग्रेस नगर समिति सदस्य किरण पोख्रेलले ओलि सरकार जनता माथी कर बढाएर मन्त्रीहरुलाई भष्ट्रचारमा लिप्त बनाएको बताए ।

बुटवल बहुमुखी क्याम्पस इकाई सभापति दिनेश पौडेलले विद्धवानहरुलाई किताबको पहुँच बाहिर पुराएर देशलाई भष्टारको जंगुलमा लान खोजेकोमा विरोध गरि सरकारलाई तत्काल सुध्रन आग्रह गर्दै तत्काल स्ववियु निर्वाचनको मिति तय गर्न अनुरोध गरेका थिए।

सोही क्रममा युवा नेता शंकर ज्ञवालीले नेबिसंघ लाई स्थानिय तह र प्रत्यक क्याम्पस रहेका बिधार्थी माझ रहेका समस्याक़ो साझेदारीक़ो रुपमा काम गर्न तयार रहेको बताए ।

उक्त कार्यक्रममा सहिद नारायण पोख्रेल रामापुर क्याम्पस नेबिसघ विद्यार्थी नेता मनोज क्षत्रि को स्वागत मंतव्य एबम किरण तिवारी को संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij