JanataToday.com

Advertisment

SKIP THIS

प्रदेशस्तरीय यु–१६ क्रिकेट रुपन्देही र कपिलवस्तु विजयी

प्रदेशस्तरीय यु–१६ क्रिकेट रुपन्देही र कपिलवस्तु विजयी

 

भैरहवा=रुपन्देहीको भैरहवामा जारी बलियो नेपाल प्रदेशस्तरीय यु–१६ टी–२० क्रिकेट प्रतियोगितामा बुधबारको दुई खेलमा रुपन्देही र कपिलवस्तु विजयी भएका छन् । रुपन्देहीले गुल्मीलाई ३२ रन र कपिलवस्तुले अर्घाखाँचीलाई ८ विकेटले पराजित गर्दै जित निकालेका हुन् ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले ९ विकेटको क्षतिमा १२१ रनको योगफल बनायो । उसका लागि प्रकाश गिरीले ३९ र विशाल भुसालले ३८ रन जोडे । बलिङमा गुल्मीका प्रशान्त श्रेष्ठ र विष्णु आलेले समान २÷२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गुल्मीले ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनायो । उसका लागि विष्णु आलेले २६ र नवीन हिताङले २४ रन बनाए । बलिङमा रुपन्देहीका सुमित पराजुली, साजद आलम र सन्तोष यादवले समान २÷२ विकेट लिए । प्रकाश गिरी म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको अर्घाखाँचीले ८ विकेटको क्षतिमा १३२ रन बनायो । उसका लागि सागर खत्रीले ३१ र विजय पोख्रेलले २३ रन बनाए । बलिङमा कपिलवस्तुका विपीन खनालले २ तथा कम्रान खाँन र रोशन खाँनले समान १÷१ विकेट लिए ।

प्रतिउत्तरमा कपिलवस्तुले १७ ओभर २ बलमा २ विकेट गुमाउँदै १३३ रन बनाई लक्ष्य पूरा गर्यो । उसका लागि रिषभ बेल्बासेले ५६ र रोशन खाँनले ४९ रनको योगदान गरे । बलिङमा अर्घाखाँचीका रोशन बन्जाडेले १ विकेट लिए । रिषभ बेल्बासे म्यान अफ द म्याच भए । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन् ।

प्रकाशित मिति : बुधबार, चैत्र २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij