सांसदबाट पदमुक्त सबै पूर्वमन्त्रीको पुनःनियुक्त

सांसदबाट पदमुक्त सबै पूर्वमन्त्रीको पुनःनियुक्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरेका चारैजना पूर्वमन्त्रीहरूलाई मन्त्री पदमा नियुक्त गरेका छन् । साविककै मन्त्रालय सम्हाल्ने गरी उनीहरू नियुक्त भएका हुन् ।

पुनर्नियुक्ति भएसँगै उनीहरूले शपथ पनि लिने भएका छन् । नेकपा (माओवादी केन्द्र)बाट नेकपा (एमाले) प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ हुने भएको हो । राष्ट्रपति कार्यालयले साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखेको जानकारी दिएको छ ।

ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरीविकास मन्त्री प्रभू साह र श्रममन्त्री गौरीशंकर चौधरी नियुक्त भएका छन् ।

मन्त्रीको शपथ लिएपछि उनीहरू संवैधानिक प्रावधानअनुसार ६ महिना मात्रै मन्त्री बन्न पाउनेछन् । सांसद् नभएको व्यक्ति ६ महिनामात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij