JanataToday.com

Advertisment

SKIP THIS

जनउत्थानले मनायो ११ औं वर्षिकोत्सव

जनउत्थानले मनायो ११ औं वर्षिकोत्सव

बुटवल-जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले ११ औं वार्षिकोत्सव शुक्रबार मनाएको छ । २०६६ सालमा बुटवललाई प्रधान कार्यालय बनाएको लघुवित्त बैंक १९ जिल्लामा शाखा विस्तार गरेको छ । लघुवित्त संस्थाले तीन दिनसम्म विभिन्न कार्यक्रम गरि वार्षिकउत्सव मनाएको हो । शुक्रबार बुटवलमा एक समारोहका विच शूभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेर बार्षिकउत्सव मनाएको छ । संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले सामाजिक तथा आर्थिक रुपमा पछाडि पारिएको समुदायको आर्थिक उन्नती गर्न लघुवित्तले काम गरेको बताए ।
कार्यक्रममा संस्थाका सञ्चालक एम वि विश्वकर्मा, सञ्चालक समिति सदस्य रेवन्त बहादुर विश्वकर्मा, तिलकुमारी गुरुङ, पत्रकार विनोद परियारले बोलेका थिए । उक्त अवसरमा उत्कृष्ट बैंकिङ्ग समुदाय र उत्कृष्ट शाखालाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।
११ औं वार्षिकोत्सव चैत्र २६, २७ र २८ गते ३ दिन संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक क्रियाकलापहरु अपाङ्गता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरीव बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण, दृष्टि विहीन, अपाङ्ग, जेष्ठ नागरीकहरुलाई सम्मान, अनाथ आश्रम तथा वृद्धा आश्राममा जिन्सी तथा खाद्यन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, लागु औषत सम्बन्धि सचेतना मूलक कार्यक्रम, सरसफाई तथा डस्टविन वितरण कार्यक्रम, अस्पताल भर्ना भएका विरामीहरुलाई फलफुल वितरण, हाजिरी जवाफ प्रतियोगिता, ट्राफिक कार्यालयहरुलाई ट्राफिक नियमहरु उल्लेखित साइन बोर्डहरु हस्तान्तरण जस्ता कार्यक्रम गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेले जानकारी दिए ।पूर्वको पर्सादेखि पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्लाहरु र थप ९ वटा पहाडी जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा स्थापना गरिएको छ । संस्थाले ४४ हजार बढि समुह सदस्य भएका छन ।

 

प्रकाशित मिति : शुक्रबार, चैत्र २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij