काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ५३२ वटा नमूनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पोजिटिभ आएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । पछिल्लो २४ घण्टामा १५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ ।
यस्तै कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ३९ पुगेको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्