बुटवल-तिलोत्तमा बहुमुखी सहकारी संंस्था लिमिटेडले पत्रकार महासंघ लगायत बिभिन्न संघसंस्थाहरुमा निर्वाचित आफना शेयर सदस्यहरुलाइ एक कार्यक्रमका बिच बधाइ तथा सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको बिभिन्न पदमा निर्वाचित भएका शेयर सदस्य सहित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस,शंकरनगर सामुदायिक बन,शंकरनगर खानेपानी तथा शंकरनगर बन बिहारको हालै सम्पन्न अधिवेशनबाट बिभिन्न पदमा निर्वाचित भएका सहकारीका शेयर सदस्यहरुलाइ शुक्रबार सम्मान गरेको हो ।
पत्रकार महासंघ रुपन्देहीको कार्यसमिति सदस्य पदमा निर्वाचित हरिकला अधिकारी कमला,केन्द्रिय परिषद सदस्य दामोदर खनाल,प्रदेश परिषद सदस्य कल्पना तिवारी र कल्पना शर्मा ज्ञवालीलाइ सम्मान गरीएको हो । त्यस्तै यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्षमा निर्वाचित सहकारीका शेयर सदस्य रमेश खनाल सहितका सदस्यहरुलाइ सम्मान गरीयो । शंकरनगर सामुदायिक बनको अध्यक्षमा निर्वाचित रबिन्द्र बस्नेत सहित पदाधिकारी र सदस्यहरुलाइ सम्मान गरीयो । शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाइ समितिका उपाध्यक्ष दिलबहादुर भट्टराइ र शंकरनगर सामुदायिक बन बिहार तथा अनुशन्धान केन्द्रका सचिव सहितका सदस्यहरुलाइ राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक सदस्य रामकृष्ण खाँण, सहकारीका अध्यक्ष माधवलाल देवकोटाले सम्मान गर्नु भएको हो ।
सोही अवसरमा सहकारीले प्रकाशन गरेको २०७८ सालको क्यालेन्डर पनि सार्बजनिक गरीयो । बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य रामकृष्ण खाँणले तिलोत्तमा सहकारीले आर्थिक र सामाजिक शसक्तिकरणमा खेलेको भुमिकाको प्रशंसा गर्नु भयो । सहकारीले उत्पादन मुलक र स्वरोजगार मुलक क्षेत्रमा लगानी गरेर शेयर सदस्यहरुलाइ आत्मनिर्भर बनाउदै आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षता,उपाध्यक्ष हरी तिवारीको स्वागत र कोषाध्यक्ष प्रदिप पराजुलीको संचालनमा सम्पन्न कार्यक्रममा सहकारीका जेष्ठ सदस्य सल्लाहकार क्याप्टेन प्रेम बहादुर भण्डारी,पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य दामोदर खनाल, यज्ञोदय क्याम्पसका अध्यक्ष रमेश खनाल,शंकरनगर बनका अध्यक्ष रबिन्द्र बस्नेत लगायतले शुभकामना मन्तब्य राख्नु भयो ।

प्रकाशित मिति : सोमबार, चैत्र ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्