कोरोना अतिप्रभावित १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन सरकारको अपील

कोरोना अतिप्रभावित १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन सरकारको अपील

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको छ ।

बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाको वर्गीकरण गरी ती जिल्लामा आफ्ना बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको हो ।

मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्लासहित १४ वटा जिल्लालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ ।

मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, कैलाली, मोरङ, कास्की, रुपन्देही, सुर्खेत, बारा‚ चितवन, बाँके, पर्सा, दाङ, र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो ।

‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरू, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरू, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभइदिनू’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले उल्लेख गरेको छ ।

No description available.

No description available.

प्रकाशित मिति : बिहिबार, बैशाख २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij