कोरोनाबाट प्रभावित १४ जिल्लामा विद्यालय बन्दको निर्णय डीसीसीएमसीले गर्ने

कोरोनाबाट प्रभावित १४ जिल्लामा विद्यालय बन्दको निर्णय डीसीसीएमसीले गर्ने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसबाट अति प्रभावित भनी किटान भएका १४ जिल्लाका विद्यालय जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा बन्द वा आंशिक रुपमा खोल्न पाउने निर्णय गरेको छ ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री कृष्णगोपाल श्रेष्ठसहितको बैठकले विद्यालय बन्द गर्ने वा खोल्ने निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी नेतृत्वको डीसीसीएमसीलाई दिएको हो ।

बैठकमा सबै प्रकारका शैक्षिक संस्थाहरुले अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनुपर्ने, विद्यालयभित्र सभा, सम्मेलन, वार्षिक उत्सव गर्न नपाइने मापदण्ड तोकेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस संयोजक ईश्वर ढकालले जानकारी दिए ।

त्यस्तै जोखिमका कारण बन्द भएका विद्यालयहरुले ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार विद्यार्थीलाई सिकाइसँग जोड्नुपर्ने पनि बैठकले निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको थियो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij